रामेछाप । स्वतन्त्र विद्यार्थी युनियन मन्थली क्याम्पसद्वारा आयोजित तिज विशेष शुभकामना आदानप्रदान, नृत्य प्रतियोगिता र दर खाने कार्यक्रम आइतबार सम्पन्न भएको छ ।स्ववियु सभापति सुशील थापाको अध्यक्षतामा तथा मन्थली नगर उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुस्मा राज्यलक्ष्मी शाही, नेकपा एमाले जिल्ला सचिव प्रकाश कुमार कार्की, मन्थली मावि प्रधानाध्यापक टंक प्रसाद दाहालको उपस्थिति रहेको थियो ।
त्यसै गरी केब्स बोर्डिङ स्कुलका प्रधानाध्यापक केशव तिमल्सिना अनेरास्ववियु केन्द्रीय सदस्य पुष्कर भट्टराई ,पूर्व अखिलका नेता टंक घतानी, आङ्ग ल्यामु शेर्पा नेकपा एमाले जिल्ला कमिटी सदस्य तारा रैका मगर, अनेरास्ववियु रामेछाप जिल्ला संयोजक युवराज सुनुवार, सहसंयोजक गोपाल थोकर ,नेविसंघ नेता विपुल रोका,अखिल क्रान्तिकारीका नेता अनोज भुजेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा २७ जना प्रतिस्पर्धी सहभागी भएका थिए । जसमा लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुल समूह प्रथम, केब्स बोर्डिङ स्कुलकी कट्रिना बोहरा द्वितीय र वर्षा तामाङ तृतीय भएको स्वतन्त्र विद्यार्थी युनियन मन्थली क्याम्पस सभापति सुशील थापाले जानकारी दिए ।
