बागमती प्रदेमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु

  • प्रकाशित मिति: सोमबार, साउन १९ २०८२
  • तामाकोशी

हेटौंडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । आइतबार बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया प्रारम्भ गरेका हुन् ।

संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार लामाले पदत्याग गरेका हुन् । त्यसपछि धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभा सदस्यले दुई वा सोभन्दा बढी दलको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी गर्न सक्ने व्यवस्था अनुसार आह्वान गरिएको हो ।



प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले आज सार्वजनिक गरेको विज्ञप्तिमा मंगलबार दिउँसो २ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान गरिएको उल्लेख गरिएको छ ।