भ्रष्टाचार मुद्दा: पूर्व प्रधानमन्त्री नेपालको सांसद पद निलम्बन

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २२ २०८२
  • तामाकोशी

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो ।



पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे । भ्रष्टाचारविरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।