सोलुखुम्बुको पिकेडाँडा पर्यटकहरुको लागि आर्कषकको केन्द्र

  • प्रकाशित मिति: सोमबार, साउन ३० २०७४
  • तामाकोसी खबर

बिष्णु खड्का साउन ३०, सोलुखुम्बु ।
सोलुखुम्बुको पिके डाँडा एैतिहासिक महत्व बोकेको डाडाँको रुपमा चिनिन्छ । यस डाँडामा पिकेडाँडा मुख्यतया पर्वतीय पर्यटन गर्न नसक्ने पर्यटकहरूका लागि महत्वपूर्ण चुचुरोको रुपमा अवस्थित छ । यस स्थानमा गोले पिके र च्यावा पिके नामक दुई डाँडा रहेका छन । पुर्ब र पश्चिम जोडी मिलाए झैं उभिएको पिके १३,५०० फिटको उचाइमा रहेका छन् । यहाँ धुपी र सुनपातीको गन्धले आदत बसेका मानिसहरूलाई बाहेक नवागन्तुकहरूलार्ई लेक लाग्ने सम्भावना बढी हुन्छ ।
यो पिकेको नामाकरण शेर्पा जातिको १६ थर मध्ये दुई थरको नामबाट राखिएको देखिन्छ । शेर्पाहरू परापुर्बक कालदेखि विशेषतः पशुपालन गर्ने गर्थे । यस क्रममा पशुपालनको निम्ति खर्कको आवश्यकता पर्ने भएकाले पश्चिमतिरको खर्क गोलीे भागमा र पुर्बतिरको खर्क च्यावाको भागमा परेकाले पहिचानको लागि आ–आफ्नो थरको नामबाट नामाकरण गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । यहाँ श्रावण संक्रान्तिको दिन ठुलो मेला लाग्छन । धार्मिक तरिकाले च्यावा पिकेलाई पिके ल्हाप्चेन कर्वु नामले कुलपुजा गर्ने चलन छ । पश्चिमतिरको गोले पिकेको टुप्पोमा पुजापाठ गर्न टहरो बनाउन खोज्दा एउटा अदृश्य ब्यक्तिले अलि तल बनाउ यहाँ मेरो शिरमा होइन भन्ने आदेश भयो र पछि त्यहाँ भयङ्कर अजिङ्गर निस्केको किम्वदन्ती छ ।

अद्यावधि यहाँ पुजा गर्दा घिउको याक आकारको स्वरुप बनाएर पूजा गर्ने चलन छ । यहाँ प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन पूजापाठ गरिन्छ । धार्मिक पर्यटक तथा दृश्यावलोकन गर्ने पर्यटकहरूका लागि यो डाँडासम्म पुग्न जिरीबाट चौंल्ऽाखर्क–ङउर–पिकेडाँडा, झाप्रे गुम्वा, पत्ताल्ऽे पर्यटन पदमार्ग निर्माण भएको छ भने अर्को बाटो पिकेबाट पाँचपोखरी– ठो हुँदै तामाखानी– फाप्लुसम्म पनि पर्यटन पदमार्ग निर्माण सम्पन्न भएको छ । यस जिल्लाकोे सदरमुकाम सल्लेरीदेखि उत्तर पश्चिममा अवस्थित पिके डाँडा सुर्यदय र सुर्यअस्थाको मनमोहक दृश्यावलोकन गर्नको लागि प्रसिद्ध छ । यसको अलवा यहाँबाट सगरमाथा लगायत मकालुदेखि अन्नपूर्ण हिमश्रृंखला सम्मको मनमोहक दृश्य देख्न सकिनुका साथै दुर्विनको सहायताबाट काठमाडौं उपत्यका वरिपरिका डाँडाहरू तथा तराईको समथर मैदान समेत देख्न सकिन्छ । पछिल्लो समयमा हिउँदको सिजनमा धेरै पर्यटनहरुको यो क्षेत्र रोजाइ पर्ने गरेको छ ।



जलबायु कारणले गर्दा निश्चित समय अगाडिनै लालि गुराँस जस्ता फुलहरु फुल्नु, रामेछापको बाम्तिभण्डार सम्म गाडि नियमित नचुल्नुले स्वदेशी तथा बिदेशी पर्यटनहरुलाई थप समस्या भईरहेको छ । यस क्षेत्रमा बिशेष गरी चौरी याकहरु बढी पाइने गरेका छन ।