रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ८ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाबाट लास सहित पाँज जना बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स खाँडादेवी गाउँपालिका–३ को चार घरे जङ्गलमा बिहीबार मध्यान्ह दुर्घटना भएको हो ।

दोरम्बा शैलुङ गाउँपालिका–२ बाट लास पोस्टमार्टम गर्न एक जना प्रहरी जवान सहित चार जना बोकेको एम्बुलेन्समा सवार यात्रुलाई पिसाब लागेपछि खाँडादेवी गाउँपालिका–३ को चार घरे जङ्गलमा रोकिएको थियो ।



पिसाब फेरेर फेरी चढ्दै गर्दा एक्कासि एम्बुलेन्स गुडेर सडकबाट करिब १०० मिटर तल झरेको इलाका प्रहरी कार्यालय चोप्राङ रामेछापका प्रहरी सहायक निरीक्षक गणेश देवकोटाले जानकारी दिनुभयो ।

गम्भीर घाइते दोरम्वा शैलुङ्ग गाउँपालिका– २ का ४१ वर्षका नारायण बहादुर नेपाली र ५३ वर्षका दिलबहादुर दमाईलाई एम्बुलेन्स मार्फत काभ्रेको धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । एम्बुलेन्स चालक दोरम्वा शैलुङ्ग गाउँपालिका ३ का २४ वर्षीय सुरेश मगरको स्थानीय मेडिकल हलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

घाइतेको पुरा विवरण हेर्नुहोस्
१) एम्बुलेन्स चालक जिल्ला रामेछाप दोरम्वा शैलुङ्ग गा.पा. वडा नं. ३ बस्ने वर्ष २४ को सुरेश मगर (दुवै हातमा चोट अवस्था सामान्य)
२) जिल्ला रामेछाप दोरम्वा शैलुङ्ग गा.पा. वडा नं. २ बस्ने वर्ष ४१ को नारायण बहादुर नेपाली (ढाड, टाउकोमा चोट, अवस्था मध्यम बोल्न सक्ने)
३) जिल्ला रामेछाप दोरम्वा शैलुङ्ग गा.पा. वडा नं. २ बस्ने वर्ष ५३ को दिल बहादुर दमाई (टाउको, चोट अवस्था मध्यम, बोल्न सक्ने)