दलित, जनजाति, महिला आरक्षणमा मात्र सिमित हुन नहुने ; नगरप्रमुख थापा मगर

  • प्रकाशित मिति: शनिबार, साउन २८ २०७४
  • तामाकोसी खबर

भीम बहादुर नेपाली,२८ साउन रामेछाप ।
नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर विकको सभाध्यक्षमा भएको उक्त कार्यक्रमको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापाले मैन बत्ति बालेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख नरबहादुर थापाले परिवर्तित अहिलेको परिबेशमा दलित, जनजाति, महिला भन्दै आरक्षणमा मात्र सिमित हुन नहुने बताउनु भयो । उहाँले अब सबै क्षेत्रमा सवै जातजाति प्रतिस्पर्धामा आउनुपर्ने भन्दै आरक्षणको खोजि गरेर आफ्नो कमजोरीपना देखाउन नहुने बताउनु भयो ।

कार्यक्रममा कार्यकारी अधिकृत गणेश बहादुर नेपाली, नगर कार्य समिति सदस्य सरोज कटुवाल, कविता रिसाल, राष्ट्रिय दलित कल्याण सघ रामेछापका अध्यक्ष लेखबहादुर वि.क. पत्रकार युनिक विफा घिसिङ, स्थानिय तहमा निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु लगाएतले दलित अधिकारको बारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा दलित समुदायबाट स्थानिय तहकोमा निर्वाचन निर्वाचित प्रतिनिधिहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।
साधारण सभाले समिता विश्वकर्माको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश तारा बहादुर विश्वकर्मा, दिपक नेपाली, सेर बहादुर सार्की र सुनमाला विश्वकर्मा रहेका छन् । सदस्यहरुमा विनोद कटुवाल, अम्बर विश्वकर्मा, बालकुमारी विश्वकर्मा, तेजबहादुर कालिकोटे, सिताराम लोहनी र लालकुमारी विश्वकर्मा चुनिएका छन् ।
यसैविच नेपाल मगर संघ रामेछाप नगर समितिको प्रथम भेला शनिवारै रामेछाप बजारमा सम्पन्न भएको छ । समितिका संयोजक राजुकुमार मगरको अध्यक्षता एवं नगरपालिका प्रमुख नरबहादुर थापा मगरको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मगर समुदायको झाकी सहित विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आ–आफ्नो कला प्रस्तुुत गरिएका थिए ।