रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार बिहान भारतको जयपुर हिँडेको भारतीय नम्बर प्लेटको आर.जे १४ टि.डी ८६८७ नम्बरको फोर्स गाडी खिम्तीको छतिउने खोला नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईले बताउनुभयो ।
दुर्घटनामा ८ जना सामान्य घाइते भएको र घाइतेहरूको उद्धार गरी सदरमुकाम मन्थली ल्याइएको उहाँले बताउनुभयो ।