राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापको अध्यक्षमा नवराज विक चयन

  • प्रकाशित मिति: शनिबार, बैशाख १५ २०८१
  • तामाकोशी

रामेछाप । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा नवराज विक चयन हुनुभएको छ । शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल जिल्ला कार्यसमिति रामेछापको दोस्रो अधिवेशनले विकको नेतृत्वमा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जना रसाइली, सचिवमा राज लोहनी, सह–सचिवमा कुमार मिजार र कोषाध्यक्षमा सम्झना उपरकुटी चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरूमा शर्मिला विशुन्के र कल्पना रसाइली चयन हुनुभएको छ । अधिवेशनले केन्द्रीय पार्षद् र प्रदेश पार्षद् पनि चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लेखबहादुर विक र रामचन्द्र विक केन्द्रीय पार्षद् र मिलन घिमिरे प्रदेश पार्षद्मा चयन हुनुभएको छ ।