बागमती प्रदेशका सबै जिल्लामा माओवादीको नयाँ इन्चार्ज, रामेछापमा श्यामकुमार श्रेष्ठलाई जिम्मेवारी

  • प्रकाशित मिति: शनिबार, चैत्र १० २०८०
  • तामाकोशी

रामेछाप । नेकपा माओवादी केन्द्रले रामेछाप सहित बागमती प्रदेशका सबै जिल्लामा नयाँ इन्चार्ज पठाएको छ। माओवादीले प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर नयाँ नेताहरुलाई जिम्मेवारी तोकेको हो। माओवादीले रामेछापमा श्यामकुमार श्रेष्ठ, रसुवामा कल्पना शर्मा, धादिङमा पुष्पविक्रम मल्ल, चितवनमा घनश्याम दाहाल, मकवानपुरमा विजय गौतम, सिन्धुलीमा बुद्धिमान माझी, दोलखामा विशाल खड्का, काभ्रेपलाञ्चोकमा तेजबहादुर मिजारलाई इन्चार्ज बनाएको छ। यस्तै, सिन्धुपाल्चोकमा केशव नेपाल, नुवाकोटमा हिरानाथ खतिवडा, काठमाडौंमा सूर्य सुवेदी पथिक, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलिप प्रजापति, काठमाडौं महानगरमा मुक्तिनारायण प्रधान, ललितपुर महानगरमा राजकाजी महर्जन र हेटौंडा उपमहानगरमा प्रल्हाद लामिछानेलाई जिम्मेवारी दिएको हो।