रामेछापको राताटार आगोलागि घटना : १२ घर परिवारको एक करोड ८६ लाख रुपैयाँ बढीको क्षति

  • प्रकाशित मिति: शनिबार, चैत्र ३ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–९ ल्याङ्गल्याङ्गको राताटार गाउँमा बिहीबार भएको आगोलागिबाट १२ घर परिवारका अन्दाजी एक करोड ८६ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ । प्रहरीका अनुसार रामेछाप नगरपालिका–९ राताटार स्थित रहेको हरदेवी पाखा सामुदायिक वनमा सल्किएको आगो हावाहुरीका कारण सोही स्थानको मानव बस्ती पनि सल्किएको हो । आगोलागि घटनाबाट राताटार गाउँका १२ घर परिवारका घर, गोठ, लत्ताकपडा, अन्नपात, भाडा वर्तन, नगद र पशु चौपाया गरी एक करोड ८६ लाख ३१ हजार बारावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार ८ जनाको परिवार रहेको महेशलाल तामाङको कच्ची घर, लत्ता कपडा, अन्नपात, भाडा वर्तन, र नगद तिन लाख गरी तीन लाख ७५ हजार रुपैयाँ, ३ जनाको परिवार रहेको नरबहादुर तामाङको कच्ची घर, लत्ता कपडा, भाडा वर्तन, अन्नपात गरी तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यसै गरी र्किनी तामाङको कच्ची घर, भाडा वर्तन, लत्ता कपडा, अन्नपात , सुन ३ तोला , चाँदी पाँच तोला र नगद दुई लाख ७५ हजार गरी ६ लाख ७५ हजार, ४ जनाको परिवार रहेको धन बहादुर तामाङको कच्ची घर, भाडा वर्तन, लत्ता कपडा, अन्नपात र नगद ८० हजार कुखुरा गरी ४ लाख ५० हजार र १० जनाको परिवार रहेको पूर्ण बहादुर नेवारको कच्ची घर, गोठ भाडा वर्तन, लत्ता कपडा, अन्नपात , २२ ओटा बाख्रा गरी गरी २१ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
प्रहरीका अनुसार २१ जनाको परिवार रहेको धनमाया श्रेष्ठको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात र ४ ओटा बाख्रा, सुन तीन तोला र नगद सात लाख रुपैयाँ गरी ५१ लाख पाँच हजार, पाँच जनाको परिवार रहेको रमेश श्रेष्ठको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात गरी १५ लाख ९५ हजार, र १२ जना परिवार रहेको उत्तरकुमारी श्रेष्ठको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात, सुन तिन तोला गरी ३१ लाख २४ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै, ७ जनाको परिवार रहेको सिताराम नेवारको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात, बाख्रा १६ ओटा गरी .१६ लाख ७० हजार, ४ जनाको परिवार रहेको मीन बहादुर नेवारको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात, ९ वटा बाख्रा, एउटा गोरु गरी ६ लाख, मानकुमारी नेवारको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात, १२ वटा बाख्रा र १५ ओटा कुखुरा गरी २७ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसै गरी ९ जनाको परिवार रहेको बमबहादुर श्रेष्ठको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ताकपडा, अन्नपात गरी १५ लाख १० हजार बराबरको धनमाल क्षति गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।