ल्होसार सामाजिक सद्भावको पर्वः कान्छाराम तामाङ

  • प्रकाशित मिति: आइतबार, माघ २८ २०८०
  • तामाकोशी

रामेछाप । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पुर्णबहादुर तामाङ कान्छारामले सोनाम ल्होसार सामाजिक सद्भावको पर्व भएको बताउनु भएको छ । शनिबार गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा आयोजित सोनाम ल्होसार कार्यक्रमलाई सम्वोधन गर्दै सभापति तामाङले सोनाम ल्होसार सबै समुदायलाई सद्भाव कायम गराउने पर्व रहेको बताउनु भएको हो ।

सोनाम ल्होसार पर्वलाई तामाङ समुदायको मुख्य पर्वको रुपमा मान्ने गरे पनि यो पर्वले अन्य समुदायलाई समेत एकतावद्ध रुपमा सामाजिक सद्भाव कायम राख्न मद्दत गरेको उहाँले बताउनुभयो । चाडपर्वलाई मान्ने प्रचलनमा समयअनुसार केहि परिर्वतन हुनुपर्ने समेत उहाँको जिकिर थियो । फरक प्रसंगमा तामाङले रामेछापको विकासको ढोका खोलिसकेको बताउदै विकासको लहर आफ्नै यो पाँच बर्षे कार्यकालमा पुरा गर्ने समेत बताउनु भयो ।



फर्पु तामाङ सेवा समाजका अध्यक्ष भिमदोर्जे तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भूमि आयोगका अध्यक्ष गौतम लामा, वडाअध्यक्ष चन्द्रबहादुर सुनुवार, घेदुङ संघका केन्द्रिय सदस्य बाबुराम तामाङ लगाएतले सोनाम ल्होछारको विषयमा शुभकामना सहितको मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय कलाकारहरु बैरागी मोक्तान, पासाङ लामा, तिर्थविरक्त पाख्रिन, मिलन मोक्तान, कोपिला वाइवा लगाएतले विभिन्न सेलो गितहरुको माध्यमबाट मनोरन्जन प्रदान गर्नु भएको थियो ।