रामेछापको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला निकाय एकमत (भिडियोसहित)

  • प्रकाशित मिति: शनिबार, माघ ६ २०८०
  • तामाकोशी

रामेछाप । जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला निकायहरु एकमत देखिएका छन्  । रामेछाप जिल्लाको मन्थलीमा शनिबार सम्पन्न माध्यमिक विध्यालयका प्रधानध्यापकसङ्ग अन्तरक्रिया कार्यक्रमका अबसरमा सबै निकाय एकमत देखिएका हुन् ।

रामेछाप जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्किले जिल्लाको शैक्षिक स्तर सुधार भएको खण्डमा अरु ठाउमा जानेबेलामा पनि गर्व गर्न लायक हुने बताउनु भयो । उहाले जिल्लाको समग्र शैक्षिक सुधारमा सबै पक्षको उत्तिकै भुमिका हुने जिकिर गर्नुभयो । शैक्षिक गुणस्तर भए सबै पक्ष गुणस्तरीय हुने समेत बताउनु भयो । खाडादेवी गाउपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले यो वर्ष खाडादेवी गाउपालिकामा शैक्षिक वर्षको रुपमा राखेर गुणस्तरीय शिक्षा कार्यक्रम अगाडि सारिएको बताउनुभयो ।



यसैगरी उमाकुण्ड गाउपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले तपाईं हामी आफै सुधार हुनसके शैक्षिक सुधार हुने बताउनुभयो । उहाले “हाम्रो” सम्झेर गरेको काम कहिल्यै गुणस्तरहिन नहुने बताउनु भयो ।  शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भरत भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाकि उपप्रमुख इश्वरी बस्नेत, नेपाल शिक्षक महासङ्घका अध्यक्ष शङ्कर प्रसाद ढुङ्गेल, नेपाल शिक्षक सङ्घकी उपाध्यक्ष लक्ष्मी बुढाथोकी कार्की, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष केशव श्रेष्ठ, प्यापसन रामेछापका अध्यक्ष केशव तिमिल्सिना लगाएतले समग्र जिल्लाको शैक्षिक गुणस्तर सुधारमा एकजुट हुनुपर्ने बताउनुभएको थियो ।

बाकी भिडियो बाट …..