लिखुतामाकोशी गाउँपालिकाको बाह्रौ अधिबेशन सम्पन्नः उत्कृष्ठ कर्मचारी सम्मानित

  • प्रकाशित मिति: मंगलबार, माघ २ २०८०
  • तामाकोशी

धोवी । रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको बाह्रौं अधिवेशन आइतबार सम्पन्न भएको छ । पालिका अध्यक्ष केशव महतको अध्यक्षतामा बाह्रौं हिउदेसभा सम्पन्न भएको हो ।

गाउँसभाको अबसरमा दुई जना उत्कृष्ठ कर्मचारी सम्मानित हुनुभएको छ । सम्मानित हुनेहरुमा शिक्षा शाखाका प्राविधिक सहायक जयकृष्ण चौलागाई र कार्यालय सहायक रोहितकुमारी खड्का रहनुभएको छ ।
पालिकाअध्यक्ष महतले चौलागाइ र खड्कालाई प्रतिब्यक्ति १५।१५ हजार नगद सहित प्रमाणपत्रद्धारा सम्मान गर्नुभएको थियो ।