मूल्यवृद्धि फिर्ता र कालोबजारी अन्तको लागि एक जुट हुन एमाले वाग्मती प्रदेश अध्यक्ष ढुङ्गेलको आह्वान

  • प्रकाशित मिति: आइतबार, असोज १४ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेशका नवनिर्वाचित अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले वर्तमान गठबन्धन सरकार जन घाती भएको बताउनुभएको छ । सरकारले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुमा मूल्य बढाएर जन घाती काम गरेको ढुङ्गेलको भनाइ । उहाँले सरकारले गरेको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्नुभएका छ । मूल्य वृद्धिको कारण जनताको दैनिक जीवन कष्टकर बनेको र समाजका बद्ध–वृद्धाहरू, बाल–बालिकाहरू महँगीको प्रत्यक्ष मारमा परेको बताउनुभयो। स्रोत विहीन क्रय शक्ति नभएका जनताहरू भोकमरीले मर्ने अवस्था सृजना भएको उहाँको भनाइ छ । अहिलेको गठबन्धन सरकारले जन घाती काम गरेको ढुङ्गेलको आरोप छ । सरकारद्वारा गरिएको मूल्यवृद्धिको फिर्ता र कालोबजारीको अन्तको लागि समाजका सबै वर्ग ,राजनीतिक दल उसका जनसङ्गठन तथा नागरिक समाज समेत संयुक्त जनदबाब र सङ्घर्षका लागि एक जुट हुनु ढुङ्गेलले आह्वान समेत गर्नुभयो । गठबन्धन सरकार बनेपछि १४ सय रुपैयाँको ग्याँस २१ सय १० रुपैयाँ पुगेको, १६ सय ५० चामल २५ सय पुगेको, ३ सयको जिरा १३ सय पुगेको, १ सय ४० को दाल २ सय ५० पुगेको र ७० रुपैयाँ प्रतिकेजी पर्ने चिनी १ सय ४० रुपैयाँ पुगेको उहाँको भनाइ छ ।