कांग्रेस नेता एवं रामेछाप जिल्लाका पूर्वसांसद शेर्पा कम्तिमा दुई दिन हिरासतमा रहने

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २ २०८०
  • तामाकोशी

काठमान्डौं । नेपाली कांग्रेस नेता एवं रामेछाप जिल्लाका पूर्वसांसद आङटावा शेर्पालाई कम्तिमा दुई दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीले अनुमति पाएको छ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका थुनुवाहरुलाई भेटेपछि विवादमा मुछिएका उनले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतमा उपस्थित गराएपछि थप दुई हिरातसमा राख्ने म्याद मिलेको हो।



शेर्पाले सोमबार साँझ उनले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेका थिए।