रामेछापको कौछिनीमा बोलेरो दुर्घटना : ४ जनाको मृत्यु, ११ जना घाइते

  • प्रकाशित मिति: बिहिबार, चैत्र २३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । सदरमुकाम मन्थलीबाट १५ जना यात्रु बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना हुँदा घटना स्थलमै ४ जनाको ज्यान गएको स्थानीय बलबहादुर तामाङले जानकारी दिनुभयो। स्थानीयका अनुसार दुर्घटनमा ११ जना घाइते भएका छन् । मृतको पहिचान भइसकेको छैन भने घाइतेलाई उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको छ ।