जिल्ला निर्वाचन कार्यालय रामेछापद्वारा सरोकारवाला निकायसङ्ग अन्तरक्रिया

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १५ २०७९
  • तामाकोशी

मन्थली । जिल्ला निर्वाचन कार्यालय रामेछापले सरोकारवाला निकायहरुसङ्ग अन्तरक्रिया कार्यक्रम गरेकोछ । कर्मचारी मिलन केन्द्रको हलमा सोमबार मतदाताहरुको नामावली सच्याउने तथा अद्यावधिक सम्बन्धि विषयमा सरोकारवालाहरुसङ्ग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शोभाकर रेग्मीको अध्यक्षता तथा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्किको प्रमुख आथिथ्य्तामा रहेको उक्त कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार शाहले सहजीकरण गर्नु भएको थियो ।



निर्वाचन कार्यक्रमको निरन्तरता स्वरुप मतदाता नामावली सच्याउने देखि अध्यावधिक सम्बन्धि विषयमा सरोकारवालाहरुको सुझाव सङ्कलन तथा निर्वाचन ब्यबस्थापन सम्बन्धि विषयमा बृहत छलफल भएको थियो ।