अबैध १४४ पेटी चुरोट सहित दुई भाइ पक्राउ

  • प्रकाशित मिति: शनिबार, माघ ७ २०७९
  • तामाकोशी

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले अबैध चुरोट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको मन्थली नगरपालिका ६ कुनौरीमा चेक जाच गर्ने क्रममा सिन्धुली खुर्कोटबाट मन्थली तर्फ आउदै गरेकोबा.प्र.०३-००५ प ३७६६ र मधेश प्र.०२-०१३ प २५३१ नम्बरको मोटर साइकल मार्फत अवैध रुपमा राजश्व छली तथा चोरि पैठारी गरी ल्याइरहेको अवस्थामा एच-१०नामक चुरोट १४४ पेटी र खुल्ला ३४ पाकेट चुरोट सहित दुई जनालाई बिहिवार नियन्त्रणमा लिएको हो । मकावानपुरको हेटौडा उपमहानगपालिका -१५ बस्ने वर्ष ३२ को राजकुमार लोप्चन र वडा नम्बर ४ बस्ने वर्ष २६ को कृष्ण कुमार बर्णवाललाई नियन्त्रणमा लिएर चुरोट, मोटरसाइकल सहित राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।