रामेछाप । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमरकट्टेल नियुक्त
- प्रकाशित मिति: सोमबार, पुष २५ २०७९
- तामाकोशी