रामेछाप । नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन हुनुभएको छ । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उहाँको नाम सर्वसम्मत पारित भएको हो । पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको दलको नेताका अर्का आकांक्षी युवराज दुलालले बताउनुभयो । शालिकराम यसअघि पनि दलको नेता हुनुहुन्थ्यो । सहयात्रीले असहमतिकाबीच उहाँको नाम पारित भएपछि असहमति जनाउनुभएको छ। पौडेलले दलमा मतदानको माग गर्नुभएको थियो । उहाँ यसअघि प्रदेश अध्यक्षमा पनि निर्वाचन बाटै विजयी हुनुभएको थियो ।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल
- प्रकाशित मिति: शनिबार, पुष १६ २०७९
- तामाकोशी