नेविसंघ रामेछापको जिल्ला अधिवेशन फाल्गुन ७ गतेः सभापति अधिकारी

  • प्रकाशित मिति: मंगलबार, पुष १२ २०७९
  • तामाकोशी

रामेछाप । नेविसंघ रामेछापको जिल्ला अधिवेशन आउने फाल्गुन ७ गते गर्ने निर्णय भएको छ । जिल्ला सभापति सुशील अधिकारीले नेविसंघ रामेछापको जिल्ला अधिबेशन आउदो फाल्गुन ७ गते गर्ने निर्णय भएको बताउनु भयो । उहाँले स्कुल, कलेज हुँदै पालिका , प्रदेश र जिल्ला अधिबेशन सम्पन्न गर्न केन्द्रिय समितिलाई जानकारी गराइसकेको समेत बताउनु भयो ।
‘म बिधिवत अधिबेशन गराउछु, संगठनको हित बिपरित ल्याएको चिठी मान्दिन’ अधिकारीले थप भन्नु भयो । उहाँका अनुसार जिल्ला कार्यसमितिमा रिक्त रहेका केही पदहरु चाडै पुर्ती हुनेछन्।
नेविसंघ रामेछापमा विनोद बुढाथोकीको समुहले पनि जिल्ला अधिबेशन तयारी थालिसकेको बताउदै आएका छन् भने पछिल्लो समय दुई समुहबिच को ? बैधानिक भन्ने होडबाजी चलिरहेका छन् ।