बागती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

  • प्रकाशित मिति: शुक्रबार, पुष ८ २०७९
  • तामाकोशी

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । संवैधानिक जटिलता सिर्जना भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो। प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाउनु भएको हो । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उहाँले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको हो । पाण्डेले ०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् ।