दुर्घटनामा घाइते वडा सदस्य सुनुवारको ज्यान गयो 

  • प्रकाशित मिति: सोमबार, पुष ४ २०७९
  • तामाकोशी
रामेछाप । बोलेरो दुर्घटना परि घाइते भएका रामेछापको लिखुतामाकोसी गाउँपालिका–१ का वडा सदस्यको उपचारको क्रममा ज्यान गएको छ । शनिवार उमाकुण्ड गाउँपालिका–७ भूजीमा भएको बोलेरो दुर्घटनामा घाइते भएका वडा सदस्य विमल सुनुवारको आइतबार राति ज्यान गएको हो । दुर्घटनामा सुनुवार सहित नौ जना घाइते भएका थिए । दुर्घटना परी गम्भीर घाइते हुनुभएका सुनुवारलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । दुर्घटनामा परी लिखु तामाकोसी गाउँपालिका–१ कोटगाउँकी ३२ वर्षीय विमला सुनुवार २३ वर्षीय सृष्टि सुनुवार, ३४ वर्षीय राजकुमार थापा, ३० वर्षीय सीता कार्की, ३० वर्षीय मनिता खड्का, १६ वर्षीय नरेश खड्का, ४० वर्षीय दीपक सुनुवार र १९ वर्षीय सुजन भुजेल पनि घाइते हुनुभएको थियो । उहाँहरूको अहिले उपचार भइरहेको छ । भूजीमा सञ्चालन भएको उमाकुण्ड लिग हर्ने जानुभएका उहाँहरू चढेको बोलेरो गाडी दुर्घटनामा परेको थियो । सुनुवार गएको निर्वाचनमा नेकपा एमालेबाट लिखुतामाकोसी गाउँपालिका–१ दुरागाँउको वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।