रामेछाप प्रदेश(क) मा माओवादीका तारानारायण श्रेष्ठ विजयी

  • प्रकाशित मिति: शुक्रबार, मंसिर ९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको प्रदेशसभा सदस्य (क) मा नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार शान्ति प्रसाद पौडेललाई १ हजार ९९१ मतले पराजित गर्दै लोकतान्त्रिक वाम गठबन्धनबाट श्रेष्ठ बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । श्रेष्ठ १७ हजार १४८ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी पौडेलले १५ हजार १५७ मत मात्रै प्राप्त गर्नुभएको छ । श्रेष्ठ निर्वाचित भएको औपचारिक घोषणा हुँन भने बाँकी नै छ । अहिले नेकपा माओवादी केन्द्र रामेछापको जिल्ला सचिव रहनुभएका श्रेष्ठ २०६४ सालको संविधानसभा सदस्य समेत हुनुहुन्छ । श्रेष्ठ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मन्थली नगरपालिका प्रमुखमा पराजित हुनुभएको थियो ।प्रदेशसभा तर्फ दुई वडा क्षेत्र रहेको रामेछापमा ८९ हजार ६२ मत खस्दा क्षेत्र नं (क) मा ४१ हजार ७९६ मत खसेको थियो । यसमध्ये एक हजार ७५२ मत बदर भएको छ । जिल्लाभर यो निर्वाचनमा एक लाख ८० हजार १०६ जना मतदाता कायम भएका थिए ।