रामेछाप । रामेछापमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित पूर्व वडाध्यक्ष एमालेमा प्रवेश गर्नुभएको छ । मन्थली नगरपालिका–१० चनखुका पूर्व वडाध्यक्ष भरतबहादुर बोहरा बुधबार एमाले प्रवेश गर्नुभएको हो । सो वडामा आयोजित चुनावी सभामा उहाँ लगायत नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका २० जना बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभयो । नव प्रवेशीलाई एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईं, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल, माधव ढुङ्गेल, गीता कार्की लगायतले पार्टीमा स्वागत गर्नुभयो । एमाले प्रवेश गर्दै बोहराले कम्युनिष्ट पार्टी छाडेर कांग्रेससँग प्रचण्ड मिल्न गएको कारण पार्टी छाड्नु परेको बताउनुभयो । कोदो र तोरी मिसाएको गठबन्धनको लागि भोट माग्न जान आफ्नो नैतिकताले नदिएको कारण एमालेमा आएको बोहराको भनाइ छ । बोहराले आफू कुनै पदको लागि एमालेमा आएको नभई निस्वार्थ रूपमा पार्टी काममा लाग्न एमालेमा आएको बताउनुभयो । उहाँले मङ्सिर ४ को निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माओवादी केन्द्रबाट निर्वाचित पूर्व वडाध्यक्ष एमाले प्रवेश
- प्रकाशित मिति: बुधबार, कार्तिक ३० २०७९
- तामाकोशी