मन्थली। रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा यही असोज ९ गते काठमान्डौंमा बृहत साँस्कृतिक साँझको आयोजना गर्ने भएको छ । राजधानी काठमाडौंको काटेश्वर स्थित होटल एवान पार्टी प्यालेसमा साँस्कृतिक साँझको आयोजना गर्ने भएको हो ।
रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीका अनुसार रामेछापवाट काठमाडौं आएर बिभिन्न पेशा, व्यवसायमा आवद्ध रामेछापका नागरिकहरुलाई नेपालीहरुको महान पर्व दशै, तिहार र छटको अवसरमा मनोरञ्जन दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रामेछापमा जन्मिएका राष्ट्रिय ख्यातिप्राप्त कलाकारसहित अन्य जिल्लाका ख्यातिप्राप्त कलाकारहरुको समेतको बेजोड प्रस्तुति रहने गरी कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष कार्कीले जानकारी दिए ।
