रामेछाप साँस्कृतिक कलाकार समाजले भदौ ११ गते मन्थलीमा तिज विशेष कार्यक्रम गर्दै

  • प्रकाशित मिति: बुधबार, भाद्र ८ २०७९
  • तामाकोशी

मन्थली । हरितालिका तिजको अवसरपारी भदौ ११ गते मन्थलीमा तिज विशेष कार्यक्रम गरिने भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाज मन्थली नगरसमिति र रामेछाप मगर महिला संघको सयुक्त आयोजनामा उक्त कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा जिल्लाका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती पनि रहने आयोजकको भनाई छ। सिता थापा, प्रकाश कटुवाल, रामकुमार नेपाली, कुमार कार्की, कल्पना सुनुवार, रामकुमार पौडेल, संगम लामिछाने, अमृत भारती, गुणराज श्रेष्ठ लगायतका कलाकारहरुको विशेष प्रस्तुती रहनेछ ।



आयोजकका अनुसार साँस्कृतिक कार्यक्रमसंगै दर खाने कार्यक्रम, तिज बिशेष लोक गित प्रतियोगिता, नाटक, जिल्लाका ८ वटै स्थानिय तहका उपप्रमुखलाइ सम्मान लगायत अन्य कार्यक्रम रहेको छ । तिज बिशेष लोक गित प्रतियोगितामा प्रथम हुनेलाई रु. १० हजार नगद सहित सम्मानपत्र रहनेछ । त्यस्तै दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई ३ हजार नगद साथै सम्मानपत्रको ब्यबस्था रहेको छ ।