रामेछाप । एक वर्षको अवधिमा रामेछापमा विभिन्न सवारी दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा भएका विभिन्न सवारी दुर्घटनामा परी २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ को एक वर्षे अवधिमा जिल्लाभर भएका ३३ दुर्घटनामा परी २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा जिल्लाभर भएका दुर्घटनामा परी ९८ जना घाइते भएका छन् । प्रहरीका अनुसार यो वर्ष भएको एउटै दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । असार २१ गते जिल्लाको सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमाना लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचाारका क्रममा अस्पतालमा ज्यान गएको थियो ।
रामेछापमा एक वर्षमा ३३ सवारी दुर्घटना : २२ जनाको मृत्यु
- प्रकाशित मिति: शनिबार, असार ३२ २०७९
- तामाकोशी