रामेछापमा डुङ्गा दौड प्रतियोगिता हुँदै, प्रतियोगितामा २० जिल्ला सहभागि हुने

  • प्रकाशित मिति: शुक्रबार, असार ३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लामा असार ४ गते शनिबार डुङ्गा दौड प्रतियोगिता हुदै छ । आफ्नो समुदायको पहिचान संरक्षण तथा पुराना खेलको जगेर्ना गर्ने उद्देश्यले रामेछापमा प्रथम डुङ्गा खुल्ला पुरुष दौड प्रतियोगिता आयोजना गरिएको रामेछाप माझी उत्थान संघका अध्यक्ष इन्द्र बहादुर माझीले बताउनुभयो । माझी भाषामा डुङ्गा लाई लाउ र नदि लाई लदि भनिन्छ । उनीहरुको भाषामा लदिमा लाउ दौड ंप्रतियोगिता डबल र सिङगल गरि दुई विधामा खेलाइने छ । रामेछाप जिल्ला खेलकुद विकास समितिका प्रमुख केशव कट्टेलका अनुसार– सिङ्गल तर्फ दुई जना र डबलमा ४ जना एक पटकमा सहभागि हुने छन् । राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजित प्रतियोगिता रामेछापको मन्थली नगरपालिका वडा नं.–६ स्थित सेलेघाटमा सञ्चालन गरिने छ । आयोजकका अनुसार प्रतियोगितामा २० जिल्लाका एक हजार बढी प्रतियोगिहरुको सहभागिता रहने छ । पानीमा डुङ्गा दौडाउने प्रतियोगिता भएकाले सम्भावित दुर्घटनालाई ध्यानमा राखि ¥याफ्टिङ्ग सहितको गोताखोर पनि सङ्गसँगै रहने छ । साथै प्रतियोगितमा सहभागि खेलाडीहरु दुर्घटना भएमा प्रतिब्यक्ति २ लाख रुपियाँ बीमाको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सिङ्गल विधातर्फ प्रथम पुरस्कार नगद २० हजार रुपियाँ, मेडल र प्रमाण–पत्र रहेको छ भने द्धितीय पुरस्कार १५ हजार रुपियाँ मेडल र प्रमाण–पत्र र तृतिय पुरस्कारमा १० हजार रुपियाँ मेडल र प्रमाण–पत्र रहेको छ छ । त्यस्तै डबल विधातर्फ प्रथम पुरस्कार नगद ३० हजार रुपियाँ मेडल र प्रमाण–पत्र द्धितिय पुरस्कार नगद २० हजार रुपियाँ, मेडल र प्रमाण–पत्र रहेको छ भने तृतीय पुरस्कार १० हजार रुपियाँ, मेडल र प्रमाण–पत्र रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिता माझी उत्थान संघ रमेछापको समन्वय, मन्थली नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको ब्यवस्थापनमा हुन लागेको हो ।