मन्थली । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नगरभित्रको कला सस्कृतिको सम्वद्र्धन गर्न नगरपालिका लागि रहने बताउनु भएको छ । धर्म, कला, परम्परा, जातिगत कला सस्कारको संरक्षण र सम्वद्र्धन गर्न नगरपालिकाले बृहत परिकल्पना गरेको समेत बताउनु भयो । रामेछाप साँस्कृतिक कलाकार समाज मन्थली नगरपालिका कार्यसमितिको प्रथम साधारणसभा तथा जनप्रतिनिधी सम्मान कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनु भएको हो ।
यो भन्दा अगाडी बनाएका निती कानुनलाई आवश्यक परिमार्जित गरेर भएपनि नगरभित्रको कला, सस्कृति, परम्परालाई सम्वद्र्धन गर्ने तर्फ आफुहरु सजग रहेको समेत नगरप्रमुख श्रेष्ठले जोड दिनुभयो । रामेछाप कलाकार समाज मन्थली नगरकार्यसमितिका अध्यक्ष एवं नवनिर्वाचित मन्थली नगर उपप्रमुख इश्वरी बस्नेतको अध्यक्षता एवं आदिवासी जनजाति चलचित्र महासघंको केन्द्रिय अध्यक्ष अमृतबहादुर सुनुवारको प्रमुख आतिथ्यता तथा कलाकार समाजका अध्यक्ष कुमार कार्कीको आतिथ्यतामा भएको सो कार्यक्रममा मन्थली नगरपालिका भित्रका १४ वटै वडाका अध्यक्षहरु साथै नगरकार्यपालिका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
प्रथम साधारण सभाबाट राम विपि मगरको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन भएको छ।