रामेछाप । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले रामेछापको मन्थली नगरपालिका वडा नं ८ मा निर्माण भएको गाइखुँरा भिमसेनस्थान चिसापानी गढी पैदल मार्गको अवलोकन गर्नुभएको छ । मंगलबार मन्त्रालयका प्रमुख विष्णुप्रसाद भण्डारी सहतिको टोली लिएर रामेछाप आउनुभएका मन्त्री श्रेष्ठले गाईखुँरा भीमसेनस्थान मन्दिर चिसापानीगढी पैदलमार्गको अवलोकन गर्नुभएको हो । मन्त्रीको टोली सहित नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ(कान्छारा), उपसभापति लेखबहादुर कार्की, सचिव विनोद कार्की, मन्थली नगरपालिका वडा नं ८ चिसापानीका वडा अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले पनि पैदल मार्गको अवलोकन गर्नुभएको छ ।
बागमती प्रदेश सरकारको ५० लाख रुपैयाँ र मन्थली नगरपालिकाको ५० लाख रुपैयाँ गरी एक करोड रुपियाँ बजेट रहेकोमा ६० लाखको ठेक्क सम्झौतामा गत वर्ष नै एक हजार २०० मिटर सिडि सहतिको पैदल मार्ग बनाइएको छ । अहिले मन्थली नगरपालिकाको ५० लाख रुपैयाँ र वागमती प्रदेश सरकारको ५० लाख रुपैया बजेटमा चिसापानी गढी लगायतका स्थानमा पैदल मार्ग निर्माणको काम भैरहेको मन्थली नगरपालिका प्राविधिक शाखा प्रमुख डिल्ली अधिकारीले बताउनुभयो । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आन्तरिक पर्यटन विकासका लागि आवश्यक पूर्वाधाहरु निर्माणमा लक्षित विभिन्न योजनाहरु सञ्चालन गरिरहेको छ ।
बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठले गरे चिसापानी गढी पैदल मार्गको अवलोकन
- प्रकाशित मिति: मंगलबार, फाल्गुन २४ २०७८
- तामाकोशी