रामेछाप । जिल्लाको तामाकोसीमा र्याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रबद्र्धन गर्न सहयोग पुर्याउने उदेश्यले जिल्लाको लिखुतामाकोसी गाउँपालिका वडा नं ७ हल्देबेसीदेखि मन्थली नगरपालिका वडा नं १ आकाशेसम्म र्याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको हो ।
विगतका वर्षहरुमा पनि सञ्चालनमा आएर बन्द भएको सेवा नेपाल रिभर रनर र सेन्ड फ्लाइ टुर्स एण्ड ट्राभलले संयुक्त रुपमा पुनः सञ्चालनमा ल्याएको हो । विगतका वर्षहरुमो केही समय सञ्चालन आएर बन्द भएको ¥याफ्टिङ फागुन २१ गते शनिवारबाट नियमित रुपमा फेरी सेवा सुरु गरिएको र्याफ्टिङ सेवाका रामेछाप संयोजक सुमन खड्काले बताउनुभयो ।
खड्काका अनुसार अहिले हल्दे बेसीदेखि मन्थलीका आकाशेसम्म दुईवटा बोट मार्फत र्याफ्टिङ सेवा सञ्चालन भैरहेको छ । अहिले दुई वटा बोट मार्फत ¥याफ्टिङ सेवा सञ्चालन भैरहेको छ, एक पटकमा दुइ वटा बोटमा १८ जना सम्म सवार गर्न सकिन्छ उहाँले भन्नुभयो ।
हल्देबेसीदेखि जिल्ला सदरमुकाम समेत रहेको मन्थली आकाशेसम्म डेढ घण्टा ¥याफ्टिङ गर्न एक जना बराबर एक हजार रुपियाँ शुल्क तोकिएको संयोजक खड्काले बताउनुभयो ।
विगतमा जिल्लामा हुने महोत्सवको अवसर पारेर सञ्चालन गरिएको र्याफ्टिङ प्रति रामेछाप लगायत छिमेकी जिल्लाबासीले निकै रुचाएकाले अब नियमित हुनेगरी फेरी पनि सेवा सुचारु गरिएको खड्काको भनाइ छ ।
रामेछापको तामाकोसीमा सञ्चालित र्याफ्टिङमा आकर्षण बढ्दै
- प्रकाशित मिति: सोमबार, फाल्गुन २३ २०७८
- तामाकोशी