ओखलढुंगामा जिपलाई डुङ्गाले किच्दा तीन जनाको ज्यान गयो

  • प्रकाशित मिति: आइतबार, माघ ९ २०७८
  • तामाकोशी

ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको डुङ्गाले किच्दा तीन जनाको घटनाथमै ज्यान गएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको डुङ्गाले किच्दा आइतबार बिहान ३५६९ नम्बरको बोलेरोमा सवार तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ का सात वर्षीय युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरीले जनाएको छ । जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते हुनुभएको छ । घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ जाँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायण स्थलको सोतीभरिमा डोजरले निकालेको ढुङ्गा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।