नेपाल रेडक्रस सोसाइटी नागदह उप-शाखाको सभापतिमा बस्नेत निर्विरोध निर्वाचित

  • प्रकाशित मिति: बुधबार, पुष २१ २०७८
  • तामाकोशी

धोवी, पौष २१ । नेपाल रेडक्रस सोसाइटी नागदह उप-शाखाको मंगलबार सम्पन्न तेस्रो साधरण सभाबाट लिला बहादुर बस्नेतको सभापतित्वमा नयाँ पदाधिकारी चयन भएका छन् । निवर्तमान सभापति आशबहादुर तामाङको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाबाट बस्नेतको नेत्रित्वमा नयाँ पदाधिकारीहरु चयन भएका हुन ।
उपशाखाको अन्य पदाधिकारीहरुमा क्रमशः उपसभापति कमला कुमारी खड्का, सचीव बिदुर खड्का, कोषाध्यक्ष पशुपति तामाङ, उपसचिव युवराज पौडेल, उपकोषाध्यक्ष श्याम नारायण श्रेष्ठ, चयन भएका छन् । यसैगरी सदस्यहरुमा , जग्गनाथ दाहाल, यम ब महत, मैया तामाङ, लक्ष्मण खड्का, यादब दमाई लगाएतका रहेका छन् ।