रामेछाप, १९ गते । रामेछाप साँस्कृतिक कलाकार समाजको नयाँ नेत्रित्व निर्विरोध निर्वाचित भएका छन् । पौष १७ र १८ गते दुई दिनसम्म सदरमुकाम मन्थलीमा आयोजित चौथो अधिबेशनद्धारा चर्चित गायक तथा सर्जक कुमार कार्कीको नेत्रित्वमा नयाँ पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष उत्तम पौडेल, प्रथम उपाध्यक्ष युनिक विफा घिसिङ, द्धितिय उपाध्यक्ष सन्ध्या सानु, महिला उपाध्यक्ष कल्पना सुनुवार निर्विरोध निर्वाचित भएका छन् । यसैगरी समाजको महासचिव गोविन्द गौत्तम, सचिव गुणराज श्रेष्ठ, सहसचिव सन्तोष पौडेल, प्रवक्ता रामकुमार नेपाली, कोषाध्यक्ष सविन चौहान, सहकोषाध्यक्ष तिर्थविरक्त पाख्रिन निर्विरोध निर्वाचित भएका छन् । यसैगरी विनोद लामा, सिर्जना रोक्का, संगिता केसी, वविता पोखरेल, रमेश खत्री, सन्ध्या सुस्केरा मोक्तान लगाएत १६ जना कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
रामेछाप साँस्कृतिक कलाकार समाजमा रामेछाप जिल्ला भित्र जन्मिएका विभिन्न विद्याका कलाकारहरुलाई संगठित गर्दै कला र संगितको प्रवर्धन तथा कलाकारहरुको हकहितका मुद्धाहरुलाई आवाजको रुपमा उठाउदै आइरहेका छन् । रामेछाप साँस्कृतिक कलाकार समाजमा करिब ४०० कोे हाराहारीमा विभिन्न विद्यामा सक्रिय कलाकारहरु संगठित रहेका छन् ।