दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा नं २ झुलेमा घरभित्र निसास्सिएर तीन जनाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा नाबलकसहित तीन जनाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । निसास्सिएर मृत्यु हुनेहरुमा ६ दिने नाबालक, २५ वर्षिया आमा अम्बिका तामाङ र २७ वर्षिया बुबा श्याम तामाङ रहेको तामाकोसी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष हर्कबहादुर योञ्जनले जानकारी दिनुभयो । उनीहरुको चिसोबाट बच्न झ्यालढोका बन्द गरी कोइला बालेर सुतेको अवस्थामा निसास्सिएर मृत्यु भएको अध्यक्ष योञ्जनले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दोलखामा निसास्सिएर ६ दिने नाबालक सहित तीन जनाको मृत्यु
- प्रकाशित मिति: बुधबार, मंसिर १५ २०७८
- तामाकोशी