चार वर्षको अबधिमा पालिकाभित्र देखिन लायकका धेरै काम गरेकाछौंः अध्यक्ष तामाङ (भिडियोसहित)

  • प्रकाशित मिति: सोमबार, असार १४ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ शुन्यबाट सुरु गरिएको विकासको काम करिव चार वर्षको अवधिमा आइपुग्दा धेरै देखिनलायक भएको बताउनु भएको छ ।

‘न कानुन न पूर्वाधार, हामी शुन्यबाट प्रवेश गरेका थियौँ हामी आउने वित्तिकै पालिकालाई आवश्यक कानुनहरु बनायौँ, विकास योजना निर्माण गर्यौँ र विकास काम अघि बढायौँ, हामीले कानुन निर्माण र भौतिक पुर्वधार विकासमा जोड दियौँ’, उहाँले भन्नुभयो ।



सदरमुकामबाट पालिकाको केन्द्रसम्म पुग्ने सडक समेत नाजुक भएको अवस्थामा काम सुरु गरेको गाउँपालिकामा जिल्ला सदरमुकाम मन्थलीदेखि पालिकाको कार्यालयसम्म जाने सडक सहित अहिले पालिका भित्र करिव-करिव २७ किलो मिटर सडक कालोपत्रे भएको उहाँले बताउनुभयो । पालिकाका ९ वटै वटासम्म पुग्ने सडक ग्राबेल गरी हिउँद/वर्षा नै यातायात चल्ने बनाएको उहाँले बताउनुभयो ।

पालिकाका नौ वटा वडा मध्ये निर्वाचित भएर आउँदा साविकको पकरबास गाविसमा मात्र बिजुली बत्ति बालिएको अवस्थामा नेपाल विद्युत प्रधिकारणको सहयोगमा खाँडादेवी गाउँपालिकाका सबै वडामा विद्युतीकरण गर्न सफल भएको उहाँले बताउनुभयो । ‘यही असारमा उज्यालो खाँडादेवी घोषणा गर्ने योजना बनाएका छौँ’, उहाँले भन्नुभयो । बाँकी कामहरुको सविस्तार भिडियोबाट….