काठमाण्डौ । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले विदेशमा उत्पादन÷अध्ययन÷परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो । मन्त्रिपरिषद्ले गरेको निर्णयले नेपाली नागरिकले खोप पाउने विषय पनि सहज हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले बताउनुभयो । अहिले विश्वभरिका नागरिकले लगाइरहेको खोप पनि परीक्षणमै रहेकाले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणका लागि अनुरोध गर्न सक्ने उहाँले बताउनुभयो । परीक्षण गर्न आउने खोप उत्पादकले नागरिकको हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताउनुभयो । नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ता रोगविरुद्धका खोपको सफल परीक्षण भएकाले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने उहाँको भनाइ छ ।
नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण गर्ने बाटो खुल्यो
- प्रकाशित मिति: मंगलबार, असार ८ २०७८
- तामाकोशी