लिखुतामाकोशीको अस्पताल नागीमै बन्नेः अर्थमन्त्रीद्धारा उद्घाटन हुने

  • प्रकाशित मिति: बिहिबार, असार ३ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको लिखुताकोशी गाउँपालिका केन्द्र धोवी नजिक नागीमा विवादको विच रोकिएको १५ शैयाको अस्पताल बन्ने भएको छ । नागीमा शिलन्यास गरेको अस्पताल वडा नं. ६ खिम्ती स्वास्थ्यचौकीको नाममा बजेट विनियोजन भएको समाचार आएपछि त्यसको सर्वत्र विरोधको बावजुत साविकको नागीमै बन्ने बारे गाउँपालिका अध्यक्षद्धारा जारी विज्ञप्तीमा जनाएको छ ।

विज्ञप्तीमा गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले नागीमा निमार्ण हुन लागेको १५ शैयाको अस्पतालको वजेट नरोक्न नेताहरुलाई आग्रह गर्नुभएको छ । अध्यक्ष खड्काले वुधवार जारी गरेको प्रेस विज्ञप्ती अनुसार पालिकाका दुरदराजका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन पालिकाको विच सेन्टरमा अस्पताल निमार्ण हुन लाग्दा केही नेताहरुले पालिकाको केन्द्रमा अस्पताल निमार्ण गर्न अवरोध गरेको जनाएका छन् ।



साविकको नागीमा अस्पताल बनाउन अर्थमन्त्रीले समेत सक्रियता बनाएको बन्दै अस्पतालको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलद्धारा गरिने विज्ञप्तीमा जनाइएको छ ।