काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर परीक्षणबाट २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षणबाट ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा ५ हजार २९३ जना कोरोनामुक्त, ३ हजार ७४९ संक्रमित थपिए
- प्रकाशित मिति: बिहिबार, जेष्ठ २७ २०७८
- तामाकोशी