धोवी । रामेछाप लिखुतामाकोशी गाउँपालिका स्वास्थ्यचौकी धोवीडाँडालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । स्थानिय समाजसेवी पराग खड्काको समन्वय तथा विभिन्न दाताहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालयद्धारा सो स्वास्थ्य सामाग्री आइतबार हस्तान्तरण गरिएको हो ।
लिखुतामाकोशी गाउँपालिकाबासी कोहि अक्सिजनको अभावले मृत्युवरण हुन नपरोस् भन्ने हेतुले सो स्वास्थ्य सामाग्री स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको दाताहरुको भनाई रहेको छ । सामाग्री बुझ्दै स्वास्थ्यचौकी धोवीडाँडा व्यवस्थापन समितिका सदस्य दामोदर खड्काले सम्पुर्ण दाताहरुलाई सहयोगको लागि धन्यवाद दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रिय नं. १ का सचिव निरोज खड्का लगाएत नेपाली कांग्रेसका स्थानिय नेताहरुको उपस्थिति रहेको थियो । यो भन्दा अगाडी पनि विभिन्न स्वास्थ्यसामाग्रीहरु स्वास्थ्यचौकी धोवीडाँडालाई हस्तान्तरण गरिसकेको दाताहरुले जानकारी दिनुभयो ।