काठमाडौं । आज विश्व वातावरण दिवस, यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाइँदैछ।
वातावरण संरक्षण गर्न विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ जुन ५ देखि १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो।