ड्यूटीमा खटेका प्रहरी आफैले मदिरा चोरी गरेपछि….

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १७ २०७८
  • तामाकोशी

काठमान्डौं । मदिरा चोरी गरेको आरोपमा तीनजना प्रहरी निलम्बित भएका छन् । सिराहाका एक सहायक प्रहरी निरीक्षक र दुईजना प्रहरी जवान निलम्बनमा परेका हुन् ।

सिराहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय लिम्बनमा परेका हुन् । गएको जेठ ९ गते गस्तिमा खटिएका बेला लहान नगरपालिका २३ गढीया चौकस्थित पूजा मदिरा पसलबाट मदिरा चोरी भएको थियो । मदिरा चोरी गरेको भिडियो सिसिटिभीमा कैद भएपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरीको चौतर्फी आलोचना हुन थालेपछि विभागीय कारवाहीमा गरिएको हो ।



सिरहाको अर्का प्रहरी नायव उपरीक्षक तपनबहादुर सिंहको संयोजकत्वमा चार सदस्य छानबीन समिति गठन भएको छ । समितिको अनुसन्धान पश्चात विभागीय नियम अनुसार कारवाही हुने भएको छ ।