काडमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। खेलमा नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा थप गोल खाएको छ। नेपाल इराकसँग ६-२ गोलअन्तरले पराजित भएको छ।
खेलको सातौं मिनेटमा गोल खाएर पछि परेको नेपालले गोल खाएको एक मिनेट नबित्दै उत्कृष्ट पुनरागमन गरी खेल बराबरीमा ल्याएको थियो। नेपालले पहिलो गोल आत्मघातीमा उपहार पाएको थियो। तर पहिलो हाफको मध्यतिर नेपालले एक गोल थप्दै २-१ को अग्रता बनाउन सफल भएको थियो।
नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे । खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरेका हुन् ।
दोस्रो हाफमा पनि कमजोर प्रदर्शन जारी राखेको नेपालले थप दुई गोल खान पुग्यो।
https://www.youtube.com/watch?v=y1_R6c2MAqQ