काठमान्डौं । शरीरमा अक्सिजनको मात्रा कमी भएपछि द भ्वइस अफ नेपालका जर्ज गायक दीप श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
द भ्वइस अफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छः महागुरु कोच दीपलाई शिघ्र स्वस्थलाभ को कामना, स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनुभएका महागुरु हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड देखिएपछि उहाँ अहिले यो रोग सँग जुधिरहनुभएको छ। सधैं हामीलाई आत्मबल दिने संगीतका जीवन्त धरोहरलाई कोभिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ।
गायक श्रेष्ठलाई निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ।