मन्थली, जेष्ठ १० गते । रामेछापमा आज एकैदिन थपिए १ सय ८० जना कोरोना संक्रमित थपिएका छ्न् ।
मन्थली नगरपालिका ६९ जना, दोरम्बा गाउँपालिकाका ४५ जना, लिखु तामाकोसी गाउँपालिकाका ४३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । सुनापती गाउँपालिकामा २१ जना र उमाकुण्ड गाउँपालिकामा २ जना रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।
साथै जिल्लामा ३ सय २७ जना उपचार पछि निको भैसकेका छ्न् भने जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ४ सय ९५ जना पुगेका छन् । जिल्लामा कोरोना संक्रमण भएर ३ जनाले ज्यान गुमाएका छ्न् ।