अनावश्यक बजार निस्कने ३ हजार ८२२ जना प्रहरीको होल्डिङ जोनमा

  • प्रकाशित मिति: मंगलबार, बैशाख २१ २०७८
  • तामाकोशी

वैशाख २१, काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्दै अत्यावश्यक कामबाहेक हिँडडुल गर्ने ३ हजार ८२२ जनालाई प्रहरीले सोमबार होल्डिङ जोनमा राखेर सम्झाइबुझाई छाडेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंबाट १ हजार ७०५ जना, ललितपुरबाट १ हजार ८६३ जना र भक्तपुरबाट २५४ जनालाई होल्डिङजोनमा राखेर सम्झाइबुझाई छोडिएको थियो।