यात्राः रुकुमको अर्मादेखि सगरमाथाको चुचुरोसम्म बमबहादुर सिर्पाली

  • प्रकाशित मिति: मंगलबार, चैत्र ३१ २०७७
  • तामाकोशी

मन्थली । सानी भेरी गाउँपालिका वडा नम्बर १० रूकुम पश्चिम अर्माका बमबहादुर सिर्पाली निजामती कर्मचारी हुन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका लेखापालको रुपमा कार्यरत सिर्पाली “हामी पनि सक्छौं” अभियानको साथमा अहिले सगरमाथा आरोहणको क्रममा हुनुहुन्छ ।

सगरमाथा आरोहण गरेर आफ्नो संस्था, गाउँ र जन्म भुमिको पहिचान स्थापित गर्दै राष्ट्रको विकास र पहिचान तथा प्रवर्द्धनमा योगदान गर्न अभियानमा हिडेको सिर्पाली बताउनु हुन्छ । पिछडिएको समुदाय वर्गका मानिसलाई सगरमाथा चढ्न हौसला प्रदान गर्दै सो मार्फत शान्ति, भाइचारा र सकारात्मक सोंच प्रवाह गर्न तथा निजामती कर्मचारीले प्रशानिक काम मात्र नभई अन्य साहासिक कार्य पनि गर्न सक्छन् भन्ने सन्देश दिन आफ्नो अभियान रहेको उहाँको भनाई छ । करिव ५० दिन अवधीको लामो यात्रामा रहेका सिर्पाली सेभेन समिट ट्रेक्स, काठमाडौं कम्पनी मार्फदको टोलीमा हुनुनुहन्छ ।



सिर्पालीले यस अघि गोर्खा जिल्ला स्थित किलर माउन्टेनको रूपमा परिचित ८१६३ मि. अग्लो मनास्लु हिमाल वि.स. २०७६ असोज ९ गते निजामती कर्मचारीको रूपमा पहिलो सफल आरोहण गरिसकेका छन् ।