रामेछाप । चैत २६ गते,
रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ दोस्रो मन्थली नगरपालिका मेयर कप भलिबल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । चैत २५ गते बुधबारदेखी सुरु भएको प्रतियोगिता अन्र्तगत आफ्नो तेस्रो खेलमा विहीबार मन्थली नगरपालिका वडा नं २ लाई २५-७,२३-२५ र १५-१० मा हराउँदै समुह क को उपबिजेता बन्दै पुरानागाउँ क्वाटर फाइनलमा प्रवेश गरेको पुरानागाउँका टिम कोच महेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मन्थली नगरपालिका वडा नं ४ सालु पनि क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ । यहि चैत २८ गते शनिबार सम्म जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिता अन्र्तगत अहिले विभिन्न वडाका ११ वटा टिमबिचको क्वाटरफाई प्रवेशका लागि खेल जारी छ ।
पुरानागाउँ दोस्रो मेयर कप भलिबल प्रतियोगिताको क्वाटरफाइन प्रवेश
- प्रकाशित मिति: बिहिबार, चैत्र २६ २०७७
- तामाकोशी