रामेछापमै पहिलो चोटी टग अफ वार हुदैः यस्तो छ तयारी (भिडियो सहित)

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २७ २०७७
  • तामाकोशी

रामेछाप जिल्लामै पहिलो पटक जिल्ला स्तरीय “ टग अफ वार“ (तान डोरि) खेल प्रतियोगिता हुने भएको छ । बागमति प्रदेश खेलकुद विकास परिषदको कार्यक्रम अन्तर्गत रामेछाप जिल्ला खेलकुद बिकास समितिको आयोजनामा यहि फागुन २९ गते शनिबार सदरमुकाम मन्थलीमा यो प्रतियोगिता हुँदै छ । टग अफ वार“ (तान डोरि ) खेल प्रतियोगिताको तयारी पुरा भएको रामेछाप जिल्ला खेलकुद बिकास समितिले बिहिबार मन्थलीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश श्रेष्ठले जिल्लामा साहसिक एवं पर्यटकिय खेलको बिकास गर्ने उद्देश्यले हुन गैरहेको प्रतियोगितामा दुई नगरपालिका र छ गाउँपालिकाको आठ टिमको सहभागिता रहने बताउनुभयो । विस्तृत जानकारी भिडियोबाट…..